रौतहटमा आइतबार अपराह्न एक युवकको शव फेला परेको छ । रौटहटको गौर टिकुलियास्थित २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको हो ।
घरबाट शौच गर्न निस्किएका उनको उनको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । घटनाबारे आफूहरूलाई केही बेर अगाडि मात्र जानकारी आएकोले घटनास्थलमा प्रहरी भर्खरै पुगेको रौतहट प्रहरीको भनाइ छ ।
प्रवक्ता गिरीका घटनास्थललाई सुरक्षा घेराभित्र राखेर अनुसन्धान सुरु गरिएको छ । तर हत्या हो वा होइन अहिले भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाई छ । यता कुटपिट गरेर आफ्नो भाइको हत्या भएको दाइ सञ्जय सहनीले आरोप लगाएका छन् । भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको उनको जिकिर छ ।