Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बालुवाटारमा नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट खेल हेर्दै प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य-सचिव टंकलाल घिसिङ वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसँग हेरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र सदस्य-सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा सँगै खेल हेरेका हुन् । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।