Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

असार ३ गते सार्वजनिक बिदा

सरकारले आउँदो असार ३ गते सोमबार परेको सार्वजनिक बिदा दिएको छ ।

सरकारले इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी बकर इदका अवसरमा बिदा दिने निर्णय गरेको हो । 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।