चीनले नेपाल मामिलामा प्रत्यक्ष चासो बढाएको छ । एकपछि अर्को उच्चस्तरीय नेता र कुटनीतिज्ञको नेपाल भ्रमण भैरहेकाबेला अन्तर्राष्ट्रिय विभागकी नेपाल प्रमुख सरला काठमाडौं आएकीछन् ।
सरला नेपाल मामिलामा चिनियाँ नीति र योजना कार्यान्वयन गर्न सफल हुँदै आएकीछिन् । यसपटक पनि उनी उच्चस्तरीय चिनियाँ नेताको निकट भविष्यमा हुने भ्रमणको चाँजोपाँजो मिलाउन काठमाडौं आएकी हुन्
चिनियाँ नेताको भ्रमणअघि सरला आफै भेटवार्तामा सकृय भएकीछिन्। सरकारका मन्त्री, परराष्ट्रका अधिकारी र विभिन्न दलका नेताहरुसंग उनले भेट तीव्र पारेकिछिन्। दुई देशबीचको सम्बन्ध र सम्झौताका विषयलाई अझै प्रभावकारी बनाउन आफू क्रियाशिल रहेको उनी बताउँछिन् ।