Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

झापामा दुई नाबालक छोरासहित महिला घरभित्रै मृत भेटिइन्, श्रीमान विदेशमा

झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालाक छोरासहित एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् ।

शिवसताक्षी नगरपालिका–३ की अञ्जली बेस्रा र उनका दुई छोरा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष रहेका छन् ।

इलाका प्रहरी कार्यालय झिलभिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।