Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

देशकै ठूलो हेटौंडा विद्युत सवस्टेशन आज प्रधानमन्त्रीले उदघाटन गर्दै

हेटौँडामा नव निर्मित देशकै ठूलो विद्युत् सबस्टेशनको आज शुक्रबार औपचारिक उद्घाटन गरिने भएको छ । यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार हेटौँडा आउँदै छन् ।

मुलुकको विद्युत प्रशारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सकिएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रशारण लाइन निर्माण सकिएको हो ।

अब यो प्रशारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।