आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने तर ठेक्का नै उसले लगाउने विषयमा सोच्नु पर्ने बताएका छन् ।
आज बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सेनालाई हामीले विकासमा लगाउन सक्छौं । लगाएकै छौं । तर उसैले ठेक्का लगाउने हो भने सडक डिभिजन र आर्मीमा के फरक भयो? ठेकेदारमार्फत नै गर्ने हो भने सेनामार्फत किन गराउने?’ उनले नेपाली सेना सम्मानित संस्था भएको उल्लेख गर्दै सेनाको हैसियत घटाउने काम गर्न नहुने बताए । सेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने साहको सुझाव छ ।