प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयर धनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्ने छन् ।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।