प्रदेश सभा संसदीय दलको ‘ह्वीप’ उल्लंघन गरेकोमा नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई निलम्बनको तयारी गरेको छ । आज मंगलबार मात्रै गण्डकीको ऊर्जामन्त्रीमा नियुक्त देवकाटालाई तत्कालै निलम्बन गर्न लागिएको माओवादी केन्द्रका एक पदाधिकारी बताए ।
उनी भन्छन्, ‘पार्टीको निर्णय नमान्नेलाई निलम्बन प्रक्रिया अगाडि बढाएका छौं । साँझसम्म निर्णय सार्वजनिक भइसक्ने छ ।’ देवकोटाले सर्वोच्च अदालतको परमादेशअनुसार गत जेठ १६ मा गण्डकी प्रदेशका मुख्यमन्त्रीमा फर्किएका कांग्रेस सांसद सुरेन्द्र पाण्डेलाई सोमबार विश्वासको मत दिएका थिए ।
२०७९ को मा गोरखा २ (क) बाट माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर जितेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकाटाले ‘फ्लोर क्रस’ गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले आइतबार नै मुख्यमन्त्री पाण्डेको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि देवकोटाले ‘फ्लोर क्रस’ गरिदिएपछि नयाँ विवाद सुरु भएको छ ।