‘भारत भ्रमणको सम्मुखमा राजदूत फिर्ताको निर्णय संयोग मात्रै’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गर्नेमाथि कारबाही गर्ने बताएका छन् । भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
‘संविधानको मर्म विपरीत ह्वीप तोड्नेलाई कारबाही हुन्छ । कारबाही प्रक्रिया अगाडि बढ्छ । निलम्बन हुन्छ,’ प्रधानमन्त्रीले भने । माओवादीको चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले सोमबार फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । उनले आफू अर्कै पार्टीबाट प्रतिनिधित्व गरेकाले माओवादीको ह्वीप आफूमाथि लागू नहुने जिकिरि गरेका छन् । मुख्यमन्त्री पाण्डेले ३१ मत ल्याए विश्वासको मत पाएका थिए ।
‘भारत भ्रमणको सम्मुखमा राजदूत फिर्ताको निर्णय संयोग मात्रै’
प्रधानमन्त्री प्रचण्डले ११ जना राजदूत फिर्ता बोलाउने समय ठीक नभएको घुमाउरो रुपमा स्वीकारेका गरेका छन् । मन्त्रीपरिषदले यो निर्णय गर्दा आफ्नो आसन्न भारत भ्रमणबारे ध्यान नगएको उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले आफ्नो भ्रमणको सम्मुखमा राजदूत फिर्ताको निर्णय हुनु संयोग मात्रै भएको बताए ।
‘राजदूत ज्यू मेरो भ्रमणमा पनि सँगै हुनुहुन्थ्यो । उहाँले सक्रिय भूमिका खेल्नु भयो । मैले उहाँलाई धन्यवाद भनेर आएको छु । त्यही बेला पर्नु संयोग हो । यो कुरा त्यति ध्यान कसैको पनि गएन । क्याबिनेटमा यो कुरा प्रस्तुत त भयो । तर, दुई दिन रोक्न पनि सकिन्थ्यो । ध्यान नगएकै हो’, प्रचण्डले भने । प्रधानमन्त्रीले वर्तमान सत्ता गठबन्धनमा कुनै पनि समस्या नआएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको विषयमा गरेको टिप्पणीलाई सामान्य रुपमा लिएको बताए ।