Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज कतिमा हुँदैछ सुनको व्यापार?

आइतबार एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।