Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई दिने भारत भ्रमणमा प्रस्थान गरेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कार्यवाहक प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिशमा महासेठलाई तोकेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार आयोजना हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएपछि प्रचण्ड भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो। प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चाधिकारी र उनकी सुपुत्री गङ्गा दाहाल समेत सहभागी छन् । भ्रमणबाट प्रधानमन्त्रीको टोली सोमबार फर्कनेछ ।