नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।