Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँ घटेर १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।