Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

किन गरियो नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’?

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘ग्राउन्डेड’ गरेको छ । पाइलटद्वय विजय लामा र भावना पन्तलाई ग्राउन्डेड गर्दै ‘एक्टिभ ड्युटी’ बाट हटाएको जनाएको छ । दुवै नेपाल एयरलाइन्सका अनुभव प्राप्त पाइलट हुन् ।

विजय लामाले विमानस्थल परिसरमा निगमको जहाजसहितको फोटो खिचेर फेसबुकमा हालेको र पन्तले एक टेलिभिजन च्यानलसँग विमानस्थलको अति संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएकी आरोप प्राधिकरणको छ ।

दुबै पाइलटसँग स्पष्टीकरण सोधेर थप कारवाही अगाडि बढाउने तयारी प्राधिकरणको छ ।