भक्तपुरमा खाटबाट खसेर एक १६ महिने बालकको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका – १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको खाटबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिए ।
उनका अनुसार बालक झ्याल नजिकैको खाटमा खेल्ने क्रममा भुईँमा खसेका थिए । खाटबाट खसेर गम्भीर घाइते भएको उनलाई तत्कालै उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा बालकको सोमबार मृत्यु भएको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।