Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

गोदावरीका मेयर महर्जनसहित १४ विरुद्ध एक अर्ब चार करोड विगो मागदावी गर्दै भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मेयर महर्जनसहित चार कर्मचारी र नौं क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । उनीहरुमाथि एक अर्ब चार करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।

अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्ट मुद्दा पेश गरेको छ ।