भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु भएको छ । ओडिशाको विशेष राहत आयोगका अनुसार ओडिशामा पछिल्लो केही दिनदेखि ४२ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको छ ।
आयोगले अधिकांशको मृत्यु लू लागेर भएको छ भने अन्यको कारण खुल्न बाँकी छ । भारतको बिहारमा पनि गत साता मात्रै २० जनाको लू लागेर मृत्यु भएको थियो । ओडिशामा हालसम्म गर्मीका कारण १४१ जनाको मृत्यु भइसकेको पनि आयोगले जनाएको छ ।
यस वर्ष भारतमा अत्यधिक तापक्रम मापन गरिएको छ । भारतको बिहार, झारखण्ड, दिल्ली, ओडिशा, उत्तर प्रदेश र राजस्थान लगायतका स्थानमा ४० देखि ४८ डिग्री तापक्रम मापन गरिएको हो । मौसम विभागले भने आगामी केही दिन पछि वर्षाको सम्भावना रहेकाले गर्मीबाट राहत हुने बताएको छ । तर, गर्मीको चपेटाबाट जोगिन भने विभागले आग्रह गरेको छ ।