Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जन्ती बोकेको ट्याक्टर दुर्घटना, १३ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा ट्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

राजस्थानबाट मध्य प्रदेशको राजगढ जाँदै गरेको जन्ती सवार ट्याक्टर पीपलोदी सडकमा आइतवार राति दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । प्रहरीका अनुसार तीव्र गतिमा भएका कारण ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादव र राजस्थानका मुख्यमन्त्री भजन लाल यादवले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बीबीसी