Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदलाई चन्द्र भण्डारीले दिए सूचनाः जनताले सदनमा बाँदर उपहार पठाउँदै छन् रे!

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषकहरूले सदनलाई बाँदर उपहार पठाउन लागेको बताएका छन् । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा बोल्दै सांसद भण्डारीले बारीका छरेका मकै टुसा हाल्न नपाउँदै बाँदरले सखाप पारेको र पीडा सदनमा नउठेको भन्दै कृषकले बाँदर उपहार पठाउन लागेको बताएका हुन् ।

‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन, धुलैधुलो भयो भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक ट्रक धुलो पठाएको चर्चा छ । त्यसैगरी नेपाली जनताले हामीलाई निर्वाचित गरेर पठाए, उनीहरूले हामीलाई प्रश्न गरेका छन्– तिमी सदनमा जान्छौ, भुइँ मानिसको कुरा उठाउने ठाउँमा तिमीहरू झगडा गरेर समय बिताउँछौं,’ उनले भने, ‘जनताका कुरा उठाउँदैनौं । अहिले पानी परेको छैन । मकै छरेको छ । भर्खर टुसा निस्कने बेलामा बाँदरहरू आएर जनतालाई दुःख दिइरहेका छन् । किसानहरूलाई अस्तव्यस्त बनाएका छन् । अहिले भन्दैछन्, कि अब हाम्रा कुरा नउठाउने, हामीले भोट नदिने भनेर बाँदर जम्मा गर्दैछन् रे! अब यो सदनलाई दिने भनेर !’