Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दाङको मालपोत र नापी कार्यालयमा गुठीपीडित किसानले लगाए ताला, अश्रुग्यास र पाँच राउण्ड हवाई फायर

स्वर्गद्वारी गुठीपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफूहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहीपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् ।

सरकारले पटक–पटक आफूहरुसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए । तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् ।

आन्दोलनकारीलाई भगाउन प्रहरीले लाठीचार्ज, अश्रुग्यास र पाँच पटक हवाई फायर गरेको थियोे । त्यसक्रममा सात जना गुठीपीडित किसान घाइते भएको अध्यक्ष चौधरीले जानकारी दिए । स्वर्गद्वारी आश्रमको जग्गामा भएको दोहोरो स्वामित्व अन्त्यको काम गर्दै लामो समयदेखि गुठीपीडित किसानहरु आन्दोलनरत छन् ।