Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका दुई पुरुषको लेक लागेर ज्यान गएको छ ।

मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय सोबान बुढाको यार्सा टिप्न ठूलो काइकी पाटन क्षेत्रमा जाँदा लेक लागेर शुक्रबार राति मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले जानकारी दिए ।

दुई जना ठूलो कोइकीमा लेक लागेर सिकिस्त बिरामी परेको र सुरक्षाकर्मी र अन्य यार्चा संकलकहरूले उद्धार गरी तल मुगु गाउँतर्फ ल्याउँदै गर्दा बाटामै ज्यान उनले बताए । यो पटक मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा तीन जना यार्सा संकलकको मृत्यु भइसकेको छ ।

पाटन क्षेत्रमा अक्सिजन अभावले लेक लाग्ने र ज्यान जाने चिकित्सकको भनाइ छ । विशेष गरेर दम, मुटु रोगी, श्वासप्रश्वाससम्बन्धी रोगको समस्याले ग्रस्तलाई यार्चा टिप्न जाँदा लेक लाग्ने बढी सम्भावना हुने चिकित्सकहरू बताउँछन् । लेक लागेर बिरामी हुने बित्तिकै केही घण्टाभित्रै बिरामीलाई बेंसीतर्फ ल्याउँदा ज्यानै जाने जोखिम कम हुने उनीहरू बताउँछन् ।