Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषदका २६ निर्णय (सूचीसहित)

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को सिंगापुर भ्रमण स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा २०८१ जेठ १७ गतेदेखि १८ गतेसम्म मंगोलियाको उनलबाटरमा आयोजना भएको कोलम्बो प्लानको ४८ औँ बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मीनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृत दिने निर्णय पनि गरेको छ ।

यस्तै प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा जर्मनीको बोनमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्स अन्तरगतको एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा योजना आयोगकै सदस्य डा।अरनिकोकुमार पाँडेलाई जेठ २१ गतेदेखि २५ गतेसम्म सहभागि हुन स्वीकृति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा २०८१ जेठ १९ गतेदेखि २४ गतेसम्म कोलम्बियाको बोगटानमा आयोजना हुने शान्तिका लागि विशेष अधिकार क्षेत्र (जेईपी) बोगोटामा सहभागि हुन महान्यायाधिवक्ता डा.दिनमणी पोखरेल नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा जेठ २१ देखि २२ गतेसम्म सञ्चालन हुने लिडरसिप फोरम अन राइजिङ द प्रोफाइल अफ पर्फोमेन्स अडिट्स फर एसएआई लिडरस एण्ड के स्टेकहोल्डरस विषयक कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति दिने निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु