Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई स्वयंसेवक ट्राफिकका रुपमा सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन् । उनीहरुले रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन् ।

उनीहरूले सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकको हनन भएको रिटमा उल्लेख गरेका छन् ।

यस्तो कार्य तत्काल नरोकिए नागरिक अधिकार तथा स्वयंसेवकका रुपमा तालिम प्राप्त नभई खटिएका व्यक्तिहरूको भविष्यमा पर्ने खतरा समेत प्रहरी प्रशासनबाट भएको हुँदा सो कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा उत्प्रेषणसहितको अन्तरिम आदेशको माग रिटमा गरिएको छ ।