Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न धमाधम हुँदैछ काम

दैलेखको जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ ।

ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।