Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

क्यानले भन्यो– सबै पहल गर्दा समेत सन्दीपले भिसा पाएनन्

नेपाल क्रिकेट संघ (क्यान)ले सबै किसिमको पहल गर्दा समेत क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको जनाएको छ ।

क्यानका सचिव पारस खड्काले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको उल्लेख गरेका छन् । 

अमेरिकी दूतावासले बिहीबार अपराह्न सन्दीपको अन्तर्वार्ता लिए पनि भिसा अस्वीकृत गरेको थियो ।

CAN-statement.webp