नेपाली बजारमा बिहीबार चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अजुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ३९ हजार ८५० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।