Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सन्दीप लामिछानेको भिसा प्रक्रिया अघि बढ्यो, आज अन्तर्वार्ता

नेपालस्थित अमेरिकी राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेसँग भिसाका लागि आज बिहीबार दिउँसो ४ बजे अन्तर्वार्ता लिने भएको छ । भिसा मिलेको खण्डमा लामिछाने आजै राति अमेरिका उड्ने छन् ।

अमेरिकी दूतावासले भिसा दिन आनाकानी गर्दा उनी विश्वकप खेल्न जान पाइरहेका छैनन् ।सरकारले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउनका लागि भिसा दिन दूतावासलाई नोट लेखिसकेको छ । त्यस्तै, उनलाई भिसा दिन माग गर्दै बिहीवार मात्रै माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । तर उनको भिसा नआएपछि क्यानका पदाधिकारीसमेत अमेरिका पुगिसकेका छन् ।