Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाउन बालेनलाई सडक डिभिजनको ‘अल्टिमेटम’

सडक डिभिजन कार्यालय काठमाडौँले न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक दुई दिनभित्र पूर्ववत अवस्थामा फकाउन ‘अल्टिमेटम’ दिएको छ ।

संघीय सरकार अन्तर्गत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाउँदै आएको छ । आफ्नो मातहतको सडक घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालयले अनुमति नदिएपछि दुई निकायबीच टकराव उत्पन्न भएको छ ।

काठमाडौँ डिभिजन प्रमुख नारायणदक्त भण्डारीले बुधबार महानगरलाई पत्र लेख्दै भत्काएको सडक बनाउन अन्यथा सार्वजनिक सडक ऐन, २०३१ दफा १९ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । उक्त दफामा जसले सडक भत्काएको हो उसले बनाउनु पर्ने डिभिजनले बनाउनु पर्दा लागेको रकम बिगार्ने निकायबाट भराउने व्यवस्था छ ।

भण्डारीले पठाएको पत्रमा भनिएको छ, ‘सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१(२(१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन । नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ । तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ ।’