कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छाडेको छ ।
आज बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा छाडेको जानकारी दिएका हुन् । अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो । अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।