बारा प्रहरी ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित चार युवकलाई पक्राउ गरेको छ ।
बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका उनका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका–६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका–१ निवासी मोहन कुमार साह रहेका छन् ।
यी तीनै जना नेपालीहरूको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । यस्तै तीनै जना नेपालीसँगै साइकलमा नेपाली नक्कली नोट लिएर आएका भारत विहार मातिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चारै जनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको छ । चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।