Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वीरगञ्जमा डेरामा बस्दै आएकी १५ वर्षीया किशोरीमाथि छुरा प्रहार

वीरगञ्जमा एक १५ बर्षीया किशोरीमाथि छुरा प्रहार गरिएको छ । वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका–१ की १५ वर्षीया किशोरी प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो ।

घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए । छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन् ।

यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।