Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दुई करोड ठगीमा तरुण दल लमजुङका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गुरुङले काठमाडौँस्थित एउटा आईटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिई उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीका अनुसार जेनेस सलुशन नामक कम्पनीले आफ्नो कार्यालय भवन निर्माणका लागि भन्दै पोखरा महानगरपालिका–१२ स्थित झण्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड बैना वापत दिएको थियो । तर पछि उक्त जग्गा गुरुङले अर्कै व्यक्तिलाई बिक्री गरेको मालपोत कार्यालय कास्कीबाट खुलेको छ ।

त्यसपछि सो कम्पनीले गुरुङलाई सम्पर्क गरी रकम फिर्ता माग्दा उनले ५० लाख फिर्ता दिएका र बाँकी रकमको साँवा ब्याज समेत एक करोड ६५ लाखको एकाउन्ट पेइ चेक जेनेस सलुशनलाई दिएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको जावलाखेल शाखामा उक्त चेक साट्न पटक–पटक जाँदा बैंकले गुरुङको खातामा पर्याप्त रकम नरहेको जानकारी दिएको थियो । त्यसपछि कम्पनीले गुरुङविरुद्ध उजुरी दिएको हो ।