Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब ८४ करोड बजेट विनियोजन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आवमा ८६ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

संसदमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बिमा, सबैको पहुँचमा उपचारको सुलभतालगायतका कार्यक्रम राखिएको जानकारी दिए । बजेटले यो वर्ष स्वास्थ्यमा खासै नयाँ कार्यक्रम समेटिएको देखिएको छैन ।