Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पर्यटन पूर्वाधारका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

पर्यटन पूर्वाधार विकासका लागि सरकारले ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२ को बजेट भाषण गर्दै पर्यटन पूर्वाधारमा ठुलो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

पर्यटन उद्योगलाई थप टेवा पुराउन र आर्थिक विकासका लागि भन्दै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी ठुलो रकम पर्यटन पूर्वाधारका लागि छुटाएको हो ।

यससँगै पर्यटन मन्त्रालयको बजेट पनि बढेर कबिर १२ अर्ब पुगेको छ ।