Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो ।  सिरोहियालाई ल्याएको हेलिकोप्टर सीधै मेडिसिटी लगिएको थियो ।

कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानका अनुसार सिरोहियाको उपचार मेडिसिटीमै हुनेछ । कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलका अनुसार सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं लैजान चिकित्सकले सिफारिस गरेका थिए ।

नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको थियो ।