Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वर्षाले महावीर पुनलाई ‘नोक्सानी’, पानीले भिजे तीन सय पुस्तक

वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन खर्च जुटाउन आफ्नो आत्मकथा पुस्तक बेच्ने अभियान चलाइरहेका राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफूलाई गए रातिको वर्षाले नोक्सान पुर्‍याएको छ । गए राति परेको पानीले उनका तीन सय पुस्तक भिजाइदिएको पुनले बताएका छन् । पुस्तक राखिएका ४२ वटा कार्टुन गाडीको त्रिपाल चुहेर पानीमा चुर्लुम्म डुबेको उनले बताए ।

‘व्यापार गर्न सजिलो छैन, आज राति वर्षा भएको रहेछ, हामीले थाहा पाएनौँ । गाडीको त्रिपाल चुहिएर ४२ वटा बक्सा पानीमा चुर्लुम्म डुबेका छन्’, एक भिडियोमा उनले भने, ‘जीन्दगीमा यस्तो यस्तो पनि बेहोर्नु पर्छ भन्ने कुरा आज थाहा पाइयो ।’ आफूले लेखेको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न केही महिनायता उनी देश दौडाहामा छन् । २८ असोजमा उनले लेखेको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ सार्वजनिक गरिएको थियो । यसै वर्ष प्रकाशित उनको पुस्तक व्यापारिक दृष्टिले बजारमा नाम चलेका लेखक वा प्रकाशकलाई माथ खुवाउने गरी बिकेको छ ।

आफ्नो जीवनी पुस्तक बेचेर प्राप्त आम्दानीले वीरगञ्जस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उनको घोषणा छ । २०५९ सालदेखि बन्द अवस्थामा रहेको कारखाना उनकै पहलमा गत वर्षदेखि सञ्चालनमा आएको छ । पहिलो चरणमा कारखानाले कृषकका लागि आवश्यक साना औजारहरू बेल्चा, बञ्चरो, कुटो, कोदालो, खुकुरीलगायतका उपकरण बनाएको केन्द्रले हालै मात्र १० किसिमका औजार बनाएको छ