Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बाल अस्पतालमा आगलागीः सात नवजात शिशुको मृत्यु, १२ जनाको सकुशल उद्धार

भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । कुनै निजी बस्तीको क्षेत्रबाट आगो उठेको बताइएको छ । 

आगलागीको कारण अहिलेसम्म नखुलेको अधिकारीहरूले जनाएका छन् ।