Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सर्वोच्चद्वारा संसद सचिवालयका महासचिव पाण्डेको नियुक्ति सदर

सर्वोच्च अदालतले संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको नियुक्त सदर गरेको छ । सर्वोच्चले पाण्डेको नागरिकता विवादमा सुनुवाइ गर्दै नियुक्ति सदर गरेको हो । 

उनले दुईटा नागरिकता लिएको भन्दै अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आचार्यले उनको नियुक्ति बदर गर्न माग गरेका थिए । आज शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनको नियुक्ति बदर गर्नु नपर्ने फैसला सुनाएको हो ।

‘निजको जन्ममिति कायम रहेको नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाले खिचिसकेको भन्ने देखिँदा उक्त दोस्रो भनिएको नागरिकताको प्रमाणपत्र तथा निजको नियुक्ति बदर मागको आधार लिएको नागरिकताको प्रमाणपत्र असाधारण क्षेत्राधिकार प्रयोग गरी बदर गर्नुपर्ने अवस्था देखिँदैन,’ सर्वोच्चले भनेको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता विवादमा पक्राउ परेपछि पाण्डेयको विषयमा पनि नेताहरू बोलिरहेका छन् । तर सर्वोच्च अदालतले उनको नागरिकता विवादमा फैसला गर्दै महासचिवमा भएको नियुक्तिलाई सदर गरिदिएको छ । सर्वोच्चले उनको नियुक्ति पुरानै नागरिकताअनुसार भएको ठहर गरेको छ ।

undefinedundefined