Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराइएको थियो । बुधबार थपिएको तीन दिनको म्याद आज सकिँदै थियो ।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्ने गरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए ।

काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता कीर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।