Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१० खमौरा बस्ने ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अत्तरिया अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।