राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।
राप्रपाको केन्द्रीय समिति बैठकले मुलुकको राजनीतिक अवस्था र आगामी रणनीतिबारे पार्टीको दृष्टिकोण तय गरे लगत्तै लिङदेनले पदाधिकारी थपेका हुन् ।
उप्रेती यसअघि राप्रपाको केन्द्रीय सदस्य थिए । समाजसेवामा विशेष रुचि भएका उप्रेती वैदेशिक मामिलामा दख्खल राख्दछन्।