Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ जसको प्रारम्भिक अनुसन्धानमा प्रहरीले पोखरेलले आत्महत्या गरेको हुन सक्ने अनुमान छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको जनाइएको छ ।