Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

जेठ १३ को प्रदर्शनका लागि कांग्रेसले तोक्यो १५ कमाण्डर, को–कहाँ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आइतबार (जेठ १३ गते) सरकारविरुद्ध काठमाडौंमा आयोजना हुने प्रदर्शनलाई सशक्त पार्न १५ नेतालाई खटाएको छ । राजधानीका तीन जिल्लामा कांग्रेसले प्रतिनिधि खटाएको हो ।

बुधबारको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गर्दै १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको थियो । सो अनुरुप बिहीबार केन्द्रीय प्रतिनिधि खटाइएको हो ।

कांग्रेसले सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न माग गर्दै कांग्रेसले सडकमा उत्रिने निर्णय बिहीबार गरेको थियो ।

को कहाँ खटिए ?

काठमाडौं
१) अब्दुल सतार
२) सीता थपलिया , उर्मिला
३) रंगमती शाही
४) कुन्दन काफ्ले
५) नैनसिंह महर
६) गुरु बराल
७) आङ्गेलु शेर्पा
८) उमेशजंग रायमाझी
९) डा डिला संग्रौला
१०) सरिता प्रसाईं

ललितपुर
१) उमाकान्त चौधरी
२) देवेन्द्रराज कँडेल
३) अर्जुन जोशी
भक्तपुर
१) इन्द्र बानियाँ
२) गणेश लामा