कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ ।
धनुषा जिल्ला अदालतले बुधबार म्याद थप गरेको हो । सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप्न सिफारिस गरेको थियो ।
प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।