Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार?

नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १०० रुपैयाँखे घटेको हो ।


मङ्गलवार तोलामा १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रुपैयाँले घटेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।