Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कामिरिता ३० औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

कामिरिता शेर्पाले सगरमाथाको ३० औं पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् । उनले बुधबार बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसअघि उनी वैशाख ३० गते २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन् । 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।