Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिरोहियालाई पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियोः नेकपा एस

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएको छ । 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा विज्ञप्तीमार्फत एकीकृत समाजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो । उक्त घटनाले प्रेस र राज्यकाबीच द्वन्द्व सिर्जना गर्न खोजिएको सो पार्टीको जिकिर छ ।

 ‘मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,’ पार्टीका महासचिव घनश्याम भूसालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

n.webp