Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कान्तिपुरको कार्यालयबाटै गिरफ्तार भएका कैलाश सिरोहियाले के भने?

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रेस स्वतन्त्रतामाथि कुठाराघात भएको बताएका छन्।

उनले आफूलाई कार्यालयबाट गरिएको गिरफ्तारीलाई सरकारको नवअधिनायकवादको संज्ञा दिएका हुन्।

प्रहरीले पक्राउ गरेपछि बोल्दै उनले सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखेका थिए। सिरोहियाले भने, ‘६२/६३ मा ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्रको नतिजा यही रहेछ।’

आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको उनले बताए । आफ्नो गिरफ्तारीलाई उनले प्रेस स्वतन्त्रतामाथिको कुठाराघातको संज्ञा पनि दिए । ‘यो प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो, म अन्तिमसम्म लड्छु’, सिरोहियाले भने ।