‘मार्सल’ लगाएर पारित गरियो धन्यवाद प्रस्ताव
प्रतिनिधिसभाको बैठक शुरू हुने बित्तिकै विपक्षीले नाराबाजी गरेका छन् । आज बिहान ११ बजे बस्ने भनिएको बैठक नेपाली कांग्रेससहितका विपक्षी दलले नाराजावी गरेका छन् ।
अवरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गरेका छन् । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । कांग्रेसको नाराबाजीबीच सभामुखले संसदको कार्यसूची अगाडि बढाइरहेका छन् ।
संसदमा विरोधकैबीच गृहमन्त्री रवि लामिछानेले समेत सम्वोधन गरेका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।
मर्यादापालकको धकेलाधकेलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गर्न खोजेका थिए । कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरुलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री दाहाललाई रोष्ट्रममा पुर्याएका थिए । प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।